Pages
▼
Friday, January 9, 2009
बिमल गुरूङ र आर बी राईको जनाधार शक्तिलाई भागोपले सधैँ महत्व दिएको छ: सीके श्रेष्ठ
भारतभरिका गोर्खाहरूको सपना गोर्खाल्यण्डको निम्ति राष्ट्रियस्तरको छाता सङ्गठनको रूपमा प्रतिस्थापित भारतीय गोर्खा परिसंघले यस मुद्दालाई छिनोफानो गर्न सामुहिक नेतृत्व नै सबै भन्दा प्रभावशाली प्रयास बताएको छ। यसरी नै अहिले घरि आन्दोलनबारे आएको विभिन्न मतभेद र रणकौशलको अस्पष्टताबारे गत 21 दिसम्बरको दिन नयाँ दिल्लीको जन्तर मन्तरमा साँझ पाँच बजे भागोपका कार्यकारी अध्यक्ष सी के श्रेष्ठ सित पत्रकार प्रवीण खालिङले लिएको अन्तरवार्ता प्रस्तुत छ।
प्रश्न: अब 2009को पूर्वार्धमै देशमा चुनाउ हुने निश्चित छ। यस्तो अवस्थामा गोर्खाल्याण्डको मुद्दा फेरि ओझेलमा पर्ला कि ?
उत्तर- चुनाउको समयमा नै हो राराजनैतिक दलहरूसित राजनैतिक पहल गर्नु पर्ने। जातिको राष्ट्रिय राजनैतिक क्षमता बुझाएर गोर्खाल्याण्डको मुद्दालाई उनीहरूको चुनाउ घोषणा पत्रमा संलग्न गराउनु पर्ने। किनभने यतिबेला गरज उनीहरूलाई परिरहेको हुन्छ। त्यसैले माग मांग्नेहरूले चंखो भएर चुनाउको बजारमा नै भरसक प्रतिश्रुति लिने अनि प्रतिबद्ध गराउने प्रचेष्टा चलाउनु पर्छ। यसो गरेमा मुद्दा ओझेलमा पर्नुको साटो अझ टड्कालो भएर उठ्नेछ। यही समय हो भारतभरिका नेपालीभाषी गोर्खा जातिका संघ-संस्था अनि राजनैतिक दलहरूको संयुक्त शक्ति लिएर केन्द्रका राजनैतिक दलहरूसित संवाद शुरु गर्ने।
प्रश्न- भागोपले राष्ट्रीय स्तरमा कुनै राजनैतिक दलसित तालमेल गर्ला कि?
उत्तर- त्यस्तो कुनै गुंजाइस नै छैन। कारण भारतभरिका गोर्खाहरूको राजनैतिक झुकाउ समान छैन। गोर्खाहरू कांग्रेस, भाजपा, एनसीपी, सपा, बसपा, एजीपीदेखि लिएर शिवसेनासम्म छन्। जो-जो जहाँ-जहाँ छन् त्यहीँ-त्यहीँबाट आफ्ना दलहरूलाई राष्ट्रिय अनि जातीय गोर्का मुद्दाहरूमा चाप दिने काम गर्नुपर्छ।
प्रश्न- गोर्खाल्याण्डको सपना साकार हुने कुरोमा तपाईं कतिको विश्वस्त हुनुहुन्छ?
उत्तऱ- कठिन छ अवश्य, तर असम्भव छैन। सबै शक्तिहरूलाई एक ठाउँमा केन्द्रित गरेर, सही रणकौशलको आधारमा सही पहल अनि बौद्धिक अभ्यासद्वारा राष्ट्रिय स्तरमा मुद्दालाई उठाएर,सही ठाउँमा गएर सही कुरो राख्न सक्यौं भने, यो नहुने कुरै होइन। मलाई पूर्ण विश्वास छ-गोर्खाल्याण्ड एक दिन हुन्छै-हुन्छ।
प्रश्न- हालमा भारतीय गोर्खा परिसंघको दिल्लीमुखी रणकौशलले धेरै प्रभाव पारे पनि स्थानीय राजनैतिक दलहरूसंग भे भागोपको उस्तो तालमेल नदेखिनुको कारण के हो?
उत्तर- गोर्खाल्याण्डकै परिप्रेक्ष्यमा भन्नु पर्दा गोजमुमो र क्रामाकपाबाहेक संस्थागत तौरमा
लागिपरेका स्थानीय अन्य कुनै राजनैतिक दलहरू नै छैनन्।अनि भागोपले यी दुवै दलहरूलाई बृहत्तर आन्दोलनका सम्पूरक अनि अनिवार्य अङ्गहरू नै ठान्दछ। तर भागोप राष्ट्रिय स्तरको अराजनैतिक संस्था हुनाले राजनैतिक दलका कार्यक्रमहरूसित तालमेल नमिले जस्तो देखिन सक्छ कार्यक्रम एकै प्रकारका नभए पनि उद्देश्यमा हामी एक छौ,यसमा कुनै शङ्का छैन। अहिले औंला-औंला भए पनि अन्तिम प्रहारको मुहूर्त्तमा मुड्की भएरै बज्रौंला, निस्संदेह।
प्रश्न- यस पटकको दिल्ली कार्यक्रमको मुख्य उपलब्धि के मान्नुहुन्छ?
उत्तर-दिल्लीको जन्तर-मन्तरमा 22 राज्यका गोर्खा प्रतिनिधिहरू, हजारौको गोर्खा जनसमावेश अनि तेलङ्गना, बुन्देलखण्ड जस्ता नयाँ राज्य माग्ने नेताहरूको उपस्थिति नै एक ऐतिहासिक उपलब्धि हो। तर त्यो भन्दा अझ बडी गोर्खाल्याण्डको मुद्दालाई दिल्लीको नेताहरूको मनमा राष्ट्रिय मुद्दाको रूपमा छाप बसाउने ठूलो काम भएको छ। यसले अन्य सबै दलहरूको दिल्लीमुखी कार्यक्रमलाई सकारात्मक माहौल तयार गरिदिएको छ।
प्रश्न– अब दार्जीलिङका अन्य राजनैतिक पार्टीहरूको भूमिका कस्तो होला?
उत्तर- कांग्रेस र भाजपाको निर्णयको बागडोर अरूकै हातमा छ। आफ्नो मुद्दालाई अघि राख्नु कांग्रेसी र भाजपाई नेताहरूलाई आ-आफ्नो राज्य कमिटीहरूसित जुझ्नै पर्ने स्थिति छ। गोर्खालीगका नेताले गोर्खाल्याण्ड चिन्हारीको मुद्दा होइन, राष्ट्रिय मुद्दा पनि होइन, यो केवल दार्जीलिङको आर्थीक विकासको मुद्दा हो भनिसकेपछि भागोप लगायत अरू दलहरूसित पनि बुनियादी मतविभेद भइहाल्यो।
प्रश्न- भागोप टुप्पा-टुप्पामा मात्रै छ, जनाधार नै छैन भन्छन् नि?
उत्तर- भागोपलाई हामीले विचारको अभियान भनेका छौ। विचारले सडकमा उत्रेर जिन्दावाद-मुर्दावाद लगाउँदैन, त्यसैले देखिन्दैन।क्रामाकपाले सर्वसम्मतिको प्रस्तावद्वारा भागोपलाई आफ्ने अभिभावक संस्था भनी स्वीकार गरेको छ। अर्थात् पार्टी क्रामाकपा गरे पनि भागोपको सिद्धान्त र विचारलाई सही र ग्रहणयोग्य ठान्नेहरू पनि धेरै छन्। यी बाहेक प्रष्ट रूपमा भागोपमा संलग्न नभए पनि भागोपको विचार र कार्यक्रमहरूलाई सहयोग र समर्थन दिनेहरूको पनि कमी छैन। त्यसैले शारीरिक जनाधार नदेखिए तापनि भागोपको वैचारिक जनाधार भने ठोस, बलियो र प्रशस्त छ।
प्रश्न- गोजमुमो अध्यक्ष बिमल गुरुङसित भागोप नेतृवृन्दको दूरीको कारण व्याक्तिगत हो कि सिद्धान्तगत ?
उत्तर- एक करोड पच्चीस लाख गोर्खाहरूको जीवन-मरणको प्रश्न अघि व्याक्तिगत टेक,अहंभाव अनि मनमुटाउहरू नगण्य कुराहरू हुन्। गोर्खाल्याण्डको मांगको तुलनामा हामी व्याक्तिहरू धुलाका कम बराबर हौं। भागोपले बिमल गुरूङ अनि आरबी राईको जनाधार शक्तिलाई महत्व दिएको छ अनि उसरी नै भारतका 22वटा राज्यहरूबाट गोर्खाल्याण्डकै निम्ति राष्ट्रियस्तरमा तयार गरेको जनादार शक्तिलाई पनि महत्व मिलोस् भन्ने अपेक्षा राख्दछ साथै त्यसभन्दा अझमाथि ससानो राज्यहरूका राष्ट्रिय फेडेरेशनलाई पनि कम महत्वको नठानौं भन्ने आह्वान गर्दछ। भागोपले राष्ट्रिय स्तरमा गोर्खा शक्तिलाई एकबद्ध गराएको गोर्खाल्याण्डकै निम्ति हो, राजनैलहरूसित प्रतिस्पर्धा गर्नलाई होईन, भन्ने कुरो बुझिदिनु पर्छ। भागोपलाई आशंकाको नजरले होइन तर एउटै लक्ष्य भएको सहयात्रीको रूपमा हेरिएदेखि यो स्थिति आफै सहज बन्नेछ।
प्रश्न- त्यसो भए भविष्यमा क्रामाकपा जस्तै गोजमुमोलाी पनि भागोपसित गोर्खाल्याण्डको यात्रामा सहयात्री बनेर हिँडेको देख्न पाइएला ?
उत्तर- अवश्य- हामी यदि मुद्दालाई नै सबैकुरो ठान्छौं अनि मुद्दाप्रति इमान्दार छौ भने साथ लागेर हिंड्नै पर्छ। जाने बसगाडी एउटै छ, गन्तव्य एउटै छ अनि पुग्नलाई सबै आत्तुर छौं- नचढी हुन्छ? भागोपले सधैं भनेको छ यो अन्तिम जातीय महायुद्धमा सबै सेनापतिहरु सामुहिक शक्ति प्रदर्शन गर्दै लामबद्ध भएर उभिनै पर्छ। भारतको संसदलाई एकल प्रयासले हल्लाउन सकिंदैन। भएभरको गोर्खा शक्ति अनि गोर्खा समर्थक शक्तिहरूलाई एक ठांउ थुपार्नै पर्छ। किनभने ठूलो शत्रु ढाल्नलाई हामीले इन्तजाम पनि ठूलै गर्नुपर्छ।
प्रश्न- भागोपको आगामी कार्यक्रम ?
उत्तर- भारतमा एकजाग्रत अनि सुसंस्कृत गोर्खा समाजको निर्माणमा निरन्तर प्रयासिलिलीऎ चलाउने अनि दिल्लीमा दिसम्बर 2009मा हुन गइरहेको एक लाख गोर्खाहरूको समावेशको तम्तयारी।
No comments:
Post a Comment