Pages

Sunday, March 22, 2009

एसएनपीपीको सरकार आएपछि 32वटै समष्टिबाट आर्थीक शरणार्थीहरूलाई लखेट्ने छौः बिराज



गान्तोक,22 मार्च। सिक्किमको माटो र यसका निवासी सिक्किमेलाई कसैले हेप्न पाउँदैन। सिक्किमको हरेक काम कुरामा सिक्किमेलाई पहिले प्राथमिकता दिनु पर्छ। हामी सिक्किमे देश दिने मान्छे हो कसैसित डराउने काम छैन। हामीले आफ्नो निम्ति गर्व गर्नु पर्ने समय आएको छ। यदि हामीले सिक्किमको हरेक कुरामा स्वाभिमान र गर्व गर्न सकेनौ भने मास्सिएर जानेछौं ।

हामीलाई कसैले भारतीय हुन सिकाउनु पर्दैन, देश दिएर भारतमा गएका हौं हाम्रो सुरक्षाको निम्ति भारत सरकारले के गर्यो सिक्किमको छोरोले देशलाई प्रश्न गर्ने दिए आएको छ। यसप्रकारको मन्तव्य सिक्किमलाई सम्बद्ध राज्यको दर्जा दिनु पर्ने माग गर्दै गठी सिक्किम नेशनल पिपल्स पार्टी (एसएनपीपी)-का अध्यक्ष बिराज आधिकारीले व्यक्त गरेका हुन्।

आइतबार सिंगतामामा आयोजित एसएनपीपीको आत्मा अवलोकन अभियानको दोस्रो जनसभामा उनले सिक्किम भारतमा विलय हुन अगाडी 1973 मा सिक्किमलाई राज शासनको एकतन्त्री राज, भोटे-लाप्चे र नेपालीको राजनैतिक अधिकारबाट प्यारेटी पद्धति हाटाउन र प्रजातन्त्र स्थापित गर्ने जनक्रान्ति भएको अनि भारतको 22औं अङ्गको रूपमा अन्तरभुक्त भएको बताउँदै भारतको अङ्ग भएको 35 वर्ष बितिसक्दा पनि जनताले आन्दोलन गरेर चाहेको प्रजातन्त्र र राजनैतिक अधिकार तथा बहुसङ्ख्यक नेपालीले विधान सभामा आसन आरक्षीत पाउन नसक्नुले सिक्किमे मूलका नागरिकहरूको अस्तित्व सङ्कटमा रहेको दावी गरे।

सिक्किममा राज्य सरकार सञ्चालनमा पुगेका हरेक पार्टीले केवल व्याक्तिगत स्वार्थको निम्तिमात्र कार्य गर्ने गरेको कारण आज आएर सिक्किमको हरेक थोक गैरसिक्किमेको हातमा गइसकेको अधिकारीले बताए। उनले सिक्किममा रहेको पुराना कानुनको सुरक्षा गर्ने प्रावधान रहेको संविधानका धारा 371 एफलाई बारम्बार व्याक्तिगत स्वार्थको निम्ति तोड्ने कार्य भएको बताउदै उनले भने।, एसएनपीपीले 371 एफको सुरक्षा गर्नु पर्छ भनेर बारम्बार भने पछि अहिले सबैले यसको विषयमा बोल्न थालेको छ। तर हाम्रो पार्टीले सप्रमाण 184 पल्ट यो धारा उलङ्घन भएको जानकारी दिएको छ।


आगामी चुनाउबारे पार्टीले कुनै भोटमाग्ने प्रक्रिया लिएर यसप्रकारको जनसभा नडाकेको तर पहिले सिक्किमको हित र सिक्किमको सुरक्षा गरेर मात्र एसएनपीपीले चुनाउमा जाने फसेला गरेको उनले बताए। अधिकारीले भने पहिले सिक्किमको सुरक्षा त बलियो बनाउँ त्यसपछि भोट मागौला हामी यसपालीको चुनाउ भन्दा पन्ध्र दिन पहिले मात्र जनतामा गएर भोट माग्छौ, हामीलाई जित्नु र हार्नुसित कुनै मतलब छैन तर सिक्किमेको अधिकार अरूले खोस्छ भने हामी चुप लाग्दैनौं।

उनले भारत सरकार र वर्तमान एसडीएफ सरकारलाई पनि चेतावनी दिँदै भने हामीले हाम्रो देश दिएर भारतीय भयौं तर सबै भारतीय जस्तो सिक्किमे होइन हाम्रो विशेषता अर्कै छ। हामीले सिक्किम भारतमा विलय गराउदा बिहारको जिल्ला बनाउनु र बङ्गलादेशी , नेपाली र भोटाङको आर्थीक शरणार्थी पाल्ने उद्देश्य राखेका थिएनौं। भारत सरकारले जवाफ दिनु पर्छ सिक्किमको सुरक्षा गर्न सक्दैन भने संविधानको 35औं संसोधन अन्तर्गत सिक्किमलाई सम्बद्ध राज्यको दर्जा दिनुपर्छ।

राज्यमा भित्रिएका विभिन्न निजी कम्पनीहरूले स्थानीयहरूलाई कुनै प्राथमिकता नदिएको आरोप लगाउँदै सिक्किमा व्यापकरूपमा निर्माण भएका तथा निर्माणाधिक जलविद्युत परियोजनाहरूले सिक्किमको अस्तित्व समाप्त पार्न लागेको बताए। उनले भने तिस्ता नदी हाम्रो गंगा हो भारतलाई देश दिएर हाम्रो विश्वासको गङ्गा सुकाउने अधिकार कसले दियो यदि हाम्रो सरकार आएको खण्डमा सबै जलविद्युत परियोजनाहरूमा बलास्टीङ लगाएर भत्काईदिनेछौ।

यसै गरी उनले उत्तर जिल्लाको जङ्गुमा प्रस्तावित पनाङ परियोजनाको विरोध गर्ने आन्दोलनकारीहरूलाई सरकारले कुनै पत्तो नदिएको तथा सिक्किमको सबैभन्दा सोझा जाति लेप्चाहरूको बासभूमी र सिक्किमको आत्मा मानिने जङ्गुमा 6 हजार लेप्चाहरूको भूमीमा 12 हजार गैर सिक्किमे मजदुरहरू भित्र्याएर लेप्चा संस्कृति र परम्पराको विनाश गर्ने राज्य अनि केन्द्र सरकारले षड्यन्त्र गरेको आरोप लगाए। यसका साथै एसएनपीपीको सरकार गठन भएपछि सिक्किमको 32 वटै निर्वाचन क्षेत्रबाट गैर सिक्किमे व्यापारी र आर्थीक शरणार्थीहरूलाई खेदुवा लगाउने बिराज अधिकारीले जनताको सामु प्रण गरे।

यसै गरी पार्टीका कार्यकारी अध्यक्ष छितेन दोर्जी लेप्चाले आफ्नो सम्बोधनमा राज्यमा बड्दो अनुप्रवेशमाथि रोक लगाउने तथा यसले राज्यका मुल मालिक सिक्किमेलाई कमरा- कमारीको दर्जामा पुर्याइरहेको भए पनि राज्य सरकारले सिक्किमको अस्तित्व समाप्त गर्ने तत्वहरूलाई प्रश्रय दिएको दवी गरे। उनले भने सिक्किममा गरीबले अहिले 35 किलो बीपीएल चामल किन्न सक्ने स्थितिमा छैन तर यहाँ सिक्किम सब्जेक्ट नभएका बाहिरबाट आएकाहरूले एक नम्बर ठेकादार भएर अरबौं रूपियाँको ठेकादारी गर्दैछ।

गरीब जनताको हातमा काम नभएर आत्महत्या गर्दैछन्। सिक्किमको सबै आर्थीक व्यावस्था गैर सिक्किमेको हातमा दिएर वर्तमान एसडीएफ सरकारले जनतालाई मागी खाने र मधेशबाट आएका व्यापारीहरूको घरमा नोकर बनाएर राख्ने अवस्थामा पु्रय़ाएका आरोप लगाए। सिक्किमेलाई अब पनि सुरक्षीत पार्न नसकिए मणीपुर र नागाल्याण्डमा जस्तो बन्दुक उठाउने अवस्था यहाँ पनि सिर्जना हुन्छ, उनले थपे।

अर्कोतिर पार्टीका कोषाध्यक्ष दिल्ले नामग्याल काजीले आफ्नो सम्बोधनमा भने, जनता जाग्नु पर्छ। सिक्किम आमाको माटोको ऋण तिर्न अब सबै जनता सचेत भएर अब हक र अधिकार सुनिश्चित गराउ एक हुनु पर्छ। उनले अझ भने,हामीले सिक्किमको माटोको सुरक्षाको कुरा गर्दै छौं जनताको हक र हितको कुरा गर्दा बीबी गुरुङ जस्ता देश बेचुवाले हामीलाई देशद्रोही भन्छन्।

तर जनताले बुझ्नु पर्छ सिक्किममा सबै भन्दा पहिले भ्रष्टाचारको बीउ छर्ने बीबी गुरुङ हो। उनले राजाको पालामा पार्षद हुँदा पश्चिम सिक्किमको पक्की गाँउ पाठशालाको पैसा धाँधली गरेपछि सिक्किममा भ्रष्टाचार शुरु भएको हो। अब जनताको नाममा आएको पैसा सिक्किम कै जनताले पाउनु पर्छ भन्दा देशद्रोही र पृथकतावादी भन्ने कसैको अधिकार छैन्। उनले सिक्किमे जनतालाई सुभोकको बाँदरलाई जस्तै वर्तमान सरकारले मागी खाने बनाएको आरोप लगाए। सभालाई महासचिव टकेन्द्र शर्मा, एस टी भोटिया अनि अरूण पालले पनि सम्बोधन गरेका थिए।

No comments: