Pages

Thursday, January 8, 2009

विश्व रेकर्डको सदस्य़ बनेको 57 वर्ष पूरानो बिस्कुट सुरक्षीतविश्व रेकर्डको सदस्य़ बनेको 57 वर्ष पूरानो बिस्कुट सुरक्षीत


गान्तोक,8जनवरी। विश्वको सर्वोच्च हिमशिखर सगरमाथा आरोहण प्रत्येक पर्वतारोहीको सपना हुने गर्छ। ती पर्वतारोहीहरूले सगरमाथा आरोहणको क्रममा प्रयोग गरेका सबै बस्तुहरू देश र विश्व कै निम्ति अमूल्य निधि भएर रहने गर्छ। यस्तै सिक्किमको पहिलो सगरमाथा आरोही स्वर्गीय सोमान ग्यात्सोले सम्मान पूर्वक 57 वर्ष पहिले सगरमाथा आरोहणमा जानेक्रममा उत्तर सिक्किमको लाचुङका एक रिम्पोछेलाई पुजा-अर्चना गराउन लगाएर चडाएको बिस्कुट अझै सुरक्षीत रहको छ। 1953 त्यो सिक्किमको निम्तिम इतिहासको सुनौलो वर्षको रूपमा अङ्कीत छ जुन वर्ष सोनाम ग्याछोले सगरमाथा आरोहण गर्न सफल भएका थिए।

उनले विश्वको सर्वोच्च चोटी विजय गरे तर यसअबियानमा जान अघि बौद्ध धर्मको विश्वास अनुसार उनले आपद-विपदबाट जोगिन लाचुङको सुसोङ रिम्पोछेबाट आर्शीवाद प्राप्त गरेक् थिए। उनले रिम्पोछेलाई कलकत्ताको कोले बिस्कुट कम्पनी प्राइभेट लिमिटेडद्वारा 1952मा निर्मित कोले क्रिम क्रेकर बिस्कुटको दुइ टिन बिस्कुट उपहार चडाएका थिए । उक्त विस्कुटले सोनाम ग्याछोले जस्तै इतिहास रच्न सक्षम भएको छ। कसैलाई विश्वास नहुन सक्छ टिनमा बन्द गरेर कुनै बिस्कुट 57 वर्षसम्म सुरक्षीत बस्छ भनेर। तर सुसोङ रिम्पोछेका कान्छो छोरो ग्यात्सो लाचुङपाले अहिलेसम्म यसलाई सगरमाथा आरोहणी सोनामग्यात्सोको याद ताजा बनाएर राख्न सफल रहेका छन्।

यतिमात्र होइन यो टिनको बिस्कुटले विश्व कै मानिसहरूको ध्यानआकर्षण गर्यो । वर्ष 2003को 10 जुलािको दिन गिनिस वर्ल्ड रेकर्डमा सद्स्यता प्रप्त गरेर 59454 सदस्य संख्या प्राप्त गरेको प्रमाण पत्र देखाउदै ग्यात्सो लाचुङपा यो उपलब्धीलाई आफ्नो मात्र नठारे बिस्कुटको सुरक्षा गर्न कुनै विशेष संग्राहलयलाई प्रदान गर्न पाए हुन्थ्यो भन्ने पक्ष राख्छन्। पर्वतारोहणसित सम्बन्धीत रहेको कारण दार्जीलिहको हिमालयन माउन्टेनरीङ इन्चीट्यूट अथवा लन्दन र भारत कै ठूलो संग्राहलयलाई जिम्मा लगाउन पाए ढुक्क हुने लाचुङपाको इच्छा छ।

यती मात्र होिन यो बिस्कुट कसरी सुरक्षीत बस्यो त्यसको रोचकतचा आफ्नै छ. ग्यात्सोका पिताले 1953मा सोनाम ग्यात्सोले दिएको उक्त बिस्कुट आफूसित 1971 सम्म 18 वर्ष सुरक्षीत राखे अनि त्यसै साल आफ्नो कान्छो छोरो ग्यात्सोलाई बौद्ध धर्मावलम्बीहरूको महान पर्व तिब्बती लोसारको आवसरमा उपहार दिए। त्यसै दिन ग्यात्सोले पाएका दुइ टिन बिस्कुट मध्ये एक टिन आफ्त र साथीहरूसित बाडेर खाएको लाचुङपा अझै झल्जली रहेको बताउछन्। त्यसबेला ग्यात्सो केवल 5 वर्षको थिए। पिताले दिएको दुइ टिन विस्कुटको एक टीन भने आफ्नी आमालाई पछि खाने भनेर राख्न दिएको समय बित्दै गयो खाने दिन आएन तर त्यसले इतिहास रच्यो आज 57 वर्ष पुगेर। बिस्कुटको डिब्बा ग्यात्सोकी आमाले 21 वर्षसम्म सुरक्षीत राखिदिइन् जुन 1998मा छोरो ग्यात्सोलाई सुम्पिइन।

विस्कुटले गिनिज बुक अव् वर्ल्ड रेकर्डमा आफ्नो नाम द्रर्ता गर्न नसके पनि सदस्यता भने प्राप्त गर्यो। ग्यात्सोले व्रर्ल्ड रेकर्डमा पठाउन अघि नै लन्दनका आर्ट डिलर जोनी भेन हिफतेनले 1907-09 मा दक्षिणी ध्रुवको अभियानमा असफल यात्री सर अरनेष्ट स्याकेलटोनको बिस्कुट लन्दनमा 18 अप्रेल 2000 मा निलामी गरेर गोनिज बुकलाई 7,804 डलरमा बेचिसकेको तथा विश्व रेकर्ड स्थापित गरेको सोफी ह्वाइटिङ(रेर्कड रिसर्च सर्भीसेस)-ले ग्यात्सोलाई लेखेको पत्रमा बताइएको छ।

बिस्कुटले रेकर्ड बनाउने क्रम यती मै सिमित रहेको छैन रिप्लेको बिश्वास गर्नु हो या नगर्नु होस (बिलिभ इट ओर नट)-मा वर्ष 2002मा भारतको प्रख्यात समाचारपत्र टाइम्स अव् इण्डियाले प्रकाशित गरेको थियो।यलरी नै यो बिस्कुट आफै भारत कै प्रथम पर्वतारोही दल जसको नेतृत्व क्याप्टन एम एस कोहोलीले गरेका थिए त्यसको साक्षी पनि हो। उक्त टोलीमा सिक्किमका सोनाम ग्यात्छो पनि एक सदस्य रहेका थिए। क्याप्टन कोहोलीले आफ्नो पर्वतारोहन बारे लेखेको पुस्तक नाइन टप एभरेस्ट स्टोरी अव् इण्डीयामा पनि रिम्पोछे र सोनाम ग्यात्छोको उल्लेख गरिएको छ। यसका साथै बिस्कुटको उमेर जान्न पर्दा टिनको पछिल्तिर स्पष्ट रूपमा अप्रेल 6 तारिक 1952 लेखिएको छ।

No comments: