Pages

Sunday, January 4, 2009

राजधानीमा जाडो अझै बड्ने मौसम विभागको जानकारी


गान्तोक,4 जनवरी। सिक्किमले विगत एक सप्ताहदेखि भोग्नु परिरहहेको ठण्डाको मार अझै एक हप्तासम्म जारी रहने मौसम विभागले जानकारी दिएको छ। मौसम विभागले बताएअनुसार आईतबार यस मौसमकै सबै भन्दा चिसो दिनको रूपमा रहेको बताएको छ। आजको तापमान 4.3 डीग्री सेल्सीयस रेकर्ड गरिएको छ। यसका साथै राज्यको उच्च क्षेत्रहरूमा हिमपात जारी रहेको छ। हिमपातको कारण उच्च क्षेत्रहरूमा अवस्थित गुरुदोङमार, छाङ्गु आदी पर्यटकी झीलहरू पनि जामिएको छ। अर्कोतिर हिमपातको खबर पाएर राजधानीमा ओइरो लागिरहेका पर्यटकहरूले अझै पनि छाङ्गु गएर हिमपातको मज्जा लिने अवसर पाउन सकेका छैनन्। पर्यटन व्यावसायीहरूको सङ्गठन ट्राबल्स एजेन्ट एशोसिएशन अव् सिक्किम (टास)को सूत्रअनुसार राजधानीदेकि 17 माइलसम्म मात्र पर्यटकहरूलाई पठाइन्दै छ। यद्यपी पर्यटकहरूले भारत-चीन सीमामा पर्ने नाथुला भञ्जाङ, छांगु झील, बाबा हरभजन सिंहको मन्दिर जाने लक्ष्य लिएर गान्तोक आए पनि उनीहरूको सपना पुरा गर्ने अवस्थामा पर्यटन व्यावसायीहरू रहेका छैनन्। उनीहरू पर्यटकहरूको ज्यन जोखिममा हाल्न नचाहेको बताउँदै पर्यटकहरूको हिँउ हेर्ने इच्छा पुरा गर्न 17 माइल सम्ममात्र पुर्याएर फर्काउऩे प्रक्रिया थालेका छन्। उल्लेखनीय छ गत 26 दिसम्बरको दिन भएको व्यापक हिमपातको कारण छांगु, नाथुला घुम्न गएका लगभग 1350 जना जति हिमपातको चपेटमा परेका थिए। जसको उद्दार एक दिनपछि टास, भारतीय सेना र पुलिसले गरेको थियो।
अर्को तिर मौसम विभागको सूत्र अनुसार राज्यमा ठण्डा बड्नुको मुख्यकारण पश्चिमी बाधा (वेस्टर्न डिस्टर्वेन्स) बहेको कारण गत नोभेम्बरदेखि दैनिक 3-4 पटक चिसो वायु बहने हुना जाडोको प्रभाव तिब्र हुने गरेको बताए।पश्चिमी बाधा अझै यो महिनाको अन्त सम्म रहने विभागीय सूत्रले बताएको छ।

No comments: