Pages

Sunday, January 4, 2009

भागोपले गरिरहेको बौद्धिकस्तरको कार्य सराहनीय छः प्रो. लामा


गान्तोक,4 जनवरीः भारतीय गोर्खा परिसंघ (भागोप)-का केन्द्रीय महासचिव सुखमन मोक्तानको नेतृत्वमा एक प्रतिनिधि टोलीले सिक्किम केन्द्रीय विश्वविद्यालका उपकूलपती तथा केन्द्रीय सुरक्षा परिषदका सदस्य प्रो. महेन्द्र पी. लामालाई उनको गान्तोकस्थित सरकारी निवास काफल-टोटोला कटेजमा भेट गर्यो।शनिबार अपरान्ह लगभग दुइ घण्टासम्म भेटघाट चलेको थियो। यसैक्रममा भागोपद्वारा भारतभरिका गोर्खा समुदायको हितमा गरिरहेको विभिन्न कार्यहरूबारे व्यापक चर्चा भएको जानकारी प्राप्त भएको छ। जसमा प्रो. लामाले देशभरिका गोर्खा समुदायको निम्ति भागोपले गरिरहेको कार्यको सहाहना गर्दै भने, भागोपले जुनप्रकारले दिल्लीमुखी भएर बौद्धीक कार्यक्रमहरू गरिरहेका छन् त्यही नै सही बाटो हो। हामीले हाम्रो लक्ष्य़ प्राप्तिको निम्ति अब बौद्धीक आन्दोलन गर्नु बाहेक अन्य विकल्प छैन्। हाम्रो मागहरू अब बौद्धीकस्तरमा राखिनु पर्छ,उनले भने। प्रो. लामाले हालै दिल्लीमा भागोपले देशका 22वटा राज्यका प्रतिनिधिहरूलाई लिएर आयोजन गरेको धर्ना तथा दिल्लीमुखी कार्यक्रमको सफलताबारे खुशी व्यक्त गरे। भेटघाटको क्रममा भागोपका महासचिव सुखमन मोक्तानले सङ्गठनको गतिविधि र यसले रोजेको बाटो तथा लामा जस्ता गोर्खे समुदायको गौरवहरूले ठूलो भूमिका निर्वाह गर्न सक्ने बताए। भेटघाटको क्रममा भारतभरिका गोर्खाहरूले साचेको जातीय चिन्हारीको मागबारे विशेष चर्चा भएको थाहा लागेको छ। प्रतिनिधिहरूले प्रो.लामालाई भारतको राष्ट्रीय सुरक्षा परिषद्को सदस्यको रूपमा चयन भएकोमा गोर्खा समुदायको गौरव बताउँदै श्रद्धा अर्पण गरेर बधाई दिए। भेटघाटको क्रममा भागोपको जोन 2(सिक्किम, पश्चिम बङ्गाल, बिहार, झारखण्ड र उडिस्सा)-का सम्वयक श्रीमती लतिका जोशी, केन्द्रीय प्रशासनिक सचिव बुद्धीमान प्रधान बमप,राष्ट्रिय कोषाध्यक्ष रूद्र अधिकारी, राष्ट्रीय मुख्यालय सचिव कर्नल एस के मुखिया,सिलगढी शाखा सचिव बीएल सुब्बा, सिक्किम शाखा महासचिव एस पाण्डे अनि सिक्किम राज्यशाखा कार्यालय सचिव प्रवीण खालिङ रहेका थिए।

No comments: