Pages

Wednesday, January 7, 2009

देशबाट गरीबी र बेरोजगारको आततङ्कवाद समाप्त गर्नुपर्छः चामलिङ


गान्तोक,7 जनवरी । सिक्किमको शान्ति सुरक्षामा स्थाई रूपमा बनाइराख्न प्रभावशाली ढङ्गमा कार्य गरेर कुनै पनि शान्तिपूर्ण वातावरण भङ्ग गर्ने तत्वहरू रोक्न निरन्तर प्रशिक्षण र आधुनिक तकनिकीको विकास गरेर तयार रहनु पर्छ। यस प्रकारको मन्तव्य मुख्यमन्त्री पवन चामलिङले नयाँ दिल्ली स्थित विजाया भवनमा आयोजित देशभरिका मुख्यमन्त्रीहरूको आन्तरीक सुरक्षा सम्मेलनमा आफ्नो सम्बोधनमा व्यक्त गरेका हुन। यसरी नै उनले सिक्किम शान्ति र सरक्षीत रहेता पनि यसलाई सधैं स्थाई बनाउन केन्द्र सरकारले पुलिस र सुरक्षा एजेन्सीलाई बलियो पार्न राज्य सरकारलाई सहयोग गर्नु पर्ने तथा अत्याधुनिक सुरक्षा व्यावस्था प्रतिस्थापित गराउन कम्तीमा पचास प्रतिशत अनुदान प्रदान गर्नु पर्ने मु्ख्यमन्त्रीले माग गरे। आंतकवादको विशेष परिस्थिति सित लड्ने कमाण्डो तयार पार्न केन्द्र सरकारल प्रशिक्षणको व्यावस्था गर्नु पर्ने उनले बताए।
धेरै लामो समयदेखि थातीमा रहेको राष्ट्रियता परिचय पत्र (बायोमेट्रीक नेशनल आडेन्टीटी कार्ड)-लाई लागु गरेर राज्यको तीनवटा अन्तराष्ट्रीय सीमानाको प्रवेश द्वारहरूबाट आतङ्की तत्वहरूलाई प्रवेश गर्नबाट रोक्न राज्य सरकारलाई सहयोग गर्ने मु्ख्यमन्त्री चामलिङले केन्द्र सरकारसित माग गरे। यसरी नै मुख्यमन्त्रीले राज्यमा अहिलेसम्म फोरेन्सीक प्रयोगशाला नभएको कारण कोलकताको प्रयोगशालामा भरपर्नु पर्ने भएकोले सुरक्षा र प्रशासनीक कार्यवाहीमा विलम्ब भइरहेको उल्लेख गर्दै सिक्किमको निम्ति फरेन्सीक प्रयोगशाला स्थापना गरिनु पर्ने माग राखे।
यसरी नै मुख्यमन्त्रीले केन्द्रीय गृहमन्त्रालयलाई विभन्न सुझाव पनि दिए। उनले सुरक्षाको निम्ति आधुनिकीकरण गरिने योजना अन्तर्गत गृहमन्त्रालयले सही हथियार र समान राज्य पुलिसलाई पनि उपलब्ध गराएर सम्बन्धित कार्यमा सहजै उपलब्ध हुने व्यावस्था गरिनु पर्ने सुझाउ राखे। यसका साथै उनले पर्यावरणको सुरक्षालाई ध्यानदिनु पर्ने तथा बेरोजगारी र गरीबीको आतङ्कलाई पनि समाप्त गर्ने बारेमा पनि चिन्तन गरिनु पर्ने बताए। मुख्यमन्त्री चामलिङले राज्यको विकासमा गुणस्तरीय सम्पर्क साधन नभएकोले रोकावट पुर्याइरहेको तथा पश्चिम बङ्गालको राजनैतिक समस्याले गर्दा सधै प्रभावित भएको कुरामा सम्मेलनको ध्यानाकर्षण गर्दै बङ्गालको उक्त समस्या चाँडौ भन्दा चाँडो समाधान गरिनु पर्ने माग गरे।
उनले सिक्किममा पनि केही पटक शान्तिश्रृखला भङ्ग गर्ने प्रयास भएको तर आतङ्कीहरूको प्रयास हरेक पटक विफल भएको बताए। उनले 2003 मा बोडो आतङ्की तथा बंगलादेशी नागरिक पक्राउ गररेर आइएसआईको एजेन्टको खुलासा मात्र नगरेर जाली नोट छाप्ने अपराध समेत विफल पारेको घटना उल्लेख गरे। यसरी नै पश्चिम जिल्लामा एक समारोहमा बम राखिएको घटना र विभिन्न क्षेत्रबाट विस्फोटक उद्दार गरेर आतकको लक्ष्यलाई सधै विफल पारिएको बताए। सम्मेलनमा सिक्किमे जनताको पक्षमा बोल्दै मुख्यमन्त्री चामलिङले भने, देशको सर्वभौम र अखण्डताको सुरक्षा गर्ने पहलमा यस सम्मेलनमा प्रधानमन्त्रीले हामीलाई विशेष मार्गदर्शन गर्ने छन्। देशको विकासमा असमाजिक आतङ्कबाद र भयको कारण सधै प्रभाव परिरहेको छ, जसले गर्दा संत्रास र भयको स्थितिले देशको आर्थीक विकासमा संधै बाधा पुर्याएको । मुख्यमन्त्री चामलिङले सिक्किम देशकै शान्त र सुरक्षीत तथा आतङकवादबाट मुक्त राज्य रहेको भए पनि राष्ट्रिय सुरक्षाको प्रसङ्गमा शान्ती विरोधी तत्वको विरोधमा रहेको छ। यद्यपी सिक्किमको अवस्थान तिनवटा अन्तराष्ट्रीय सिमानामा भोटाङ, चीन र नेपालसित जोडिएको छ भने उत्तर बङ्गाल र बङ्गलादेशको तनावग्रस्त क्षेत्रसित पनि सम्बद्ध रहेकोले राज्यको शान्ति सुरक्षा पनि सम्वेदनशील रहेको सम्मेलनमा जानकारी गराएको सूचना तथा जन सम्पर्क विभागले एक प्रेस जनाउमा बताएको छ। मु्ख्यमन्त्री चामलिङले सिक्किमको सुरक्षाको निम्ति राज्य सरकारले बिभिन्न स्तरमा कार्य गर्ने गरेको विस्तृत जानकारी प्रस्तुत गरे । राज्यमा सुरक्षा व्यावस्थाको पूर्वाधारहरूको विकास गर्ने तथा राज्यव्यापी सूचना संग्रह गर्ने नियन्त्रण कक्ष पूर्ण क्षमता रहेको जानकारी गराए। यसका साथै नियमित रूपमा सुरक्षा व्यावस्थाबारे उच्चस्तरीय अधिकारीहरूले विश्लेशन गरिरहेको जसमा इनटेलिजेन्ट ब्यूरो पनि संलग्न गराईएको उनले जानकारी दिए। राज्यको पचास प्रतिशत सिभिल पुसिलमा रहेको रिक्त पदहरू यसै चांडै पुरा गरेर पूर्ण संसाधन युक्त क्षमताशील पारिने चामलिङले जनाए।
सिक्किमको शान्ति सुऱक्षाको निम्ति गठित विशेष टास्क फोर्सको बैठक गत 12 दिसमबरमा गरिएको तथा सुरक्षाको निम्त राज्यको सुरक्षा व्यावस्था बाहेक पंचायत र जन सहभागिता पनि तिब्र पारिएको मुख्यमन्त्रीले सम्मेलनलाई अवगत गराए। टास्क फोर्सले राज्य र देशको सिमावर्ती क्षेत्रहरूको सुरक्षाको निम्ति विशेष भूमिका निर्वाह गर्ने जसको प्रमुख प्रभारी राज्यको मुख्य सचिव रहेको उनले बताए। मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई .यसरी देशको सुरक्षा र शान्तिको निम्ति गरिएको पहलबारे धन्यबाद दिए। मुख्यमन्त्री सित राज्यका गृहविभागका सचिव, मुख्यमन्त्रीका सचिव तथा आवासीय आयुक्त सम्मेलनमा उपस्थित थिए।

No comments: