Pages

Sunday, January 4, 2009

क्रामाकपाको दिल्ली धर्ना



नयाँ दिल्ली 20,दिसम्बर। भारतीय गोर्खाहरूको सपना गोर्खाल्याण्डको सपनालाई साकार रूप दिन देशको राजधानीमा तिनदिने धर्नामा आएका एक गोर्खे योद्धा असामयिक निधनले दिल्लीलाई विषादपूर्ण बनायो। गणतान्त्रीक क्रान्तीकारी युवा मोर्चा (गक्रायुमो)-का केन्द्रीय सदस्य बरूण छेत्रीको असामयिक निधन नयाँ दिल्लीको झाँसी रोडस्थित अमबेडकर भवनमा 9 बजी राती भएको छ। दार्जीलिङको चुङथुङ चियाबारी निवासी छेत्री 1995मा क्रान्तीकारी मार्क्सवादी कम्यूनिष्ट पार्टीको गठनकालदेखि नै एक जुझारू अनि गणमोर्चामा कार्यरत थिए। राजधानीमा उनको निधन पछि छुट्टै राज्य गोर्खाल्याण्डको मागलिर प्रस्तावित गोर्खाल्याण्डका गाँउ-बस्ती, चियाबारी र कुलैनबारीबाट पसिनाको भरमा आएका गणयोद्धाहरूमा विषादको नमिठो घात परे पनि सबै गोर्खाहरूको सपना र मृत सहयोद्धाको सपनालाई साकार तुल्याउन आफूहरूमाथि आइपरेको घातलाई सहेर भए पनि आन्दोलनमा उत्साह कम हुन दिएनन्। क्रामाकपाका योद्धाहरूले आफ्ना सहयोद्धाको मृत्युको पीडालाई छात्तीभीत्रै समेटेर भारतभरिका गोर्खा र योद्धा बरूणको सपना गोर्खाल्याण्डको माग राजधानीको ढुङ्गे मुटु थर्किने गरि बुलन्द पारे। गोर्खाल्याण्डको सपना बोकेर आन्दोलनमा होमिएका अरूणको यस्तो असमायीक निधनमा क्रामाकपाका महासचिव आर बी राईले गहिरो सम्वेदना प्रकट गरेका छन्। उनले योद्धा अरूणको परिवारलाई हार्दीक सम्वेदना प्रकट गरेका छन्। यसरी नै पार्टीले उनको मृत्युले अपूरतणीय क्षती भएको बताउदै उनको सपना गोर्खाल्याण्डको आन्दोलनलाई जिउँदो राख्ने सङ्कल्प अझ दह्रो पारेका छन्।

सहयोद्धा बरुणको मृत्युमा गक्रायुमोको महासचिव अरूण घतानीले पनि गहिरो शोक व्यक्त गर्दै उनको मृत्युले सङ्गठनको एउटा सङ्घर्षशील योद्धा गुमाएको दुख व्याक्त गरेका छन्।अहिले घरि राजधानीमा गोर्खाल्याण्ड आन्दोलन तिब्रता दिन उपस्थित सिक्किम प्रजातान्त्रीक पार्टीका अध्यक्ष जी एम राईले पनि आफ्नो सम्वेदना प्रकट गरेका छन्। यसरी नै भारतीय गोर्खा परिसंघले पनि आफ्ने राष्ट्रिय परिषदको संगोष्ठीमा सम्वेदना प्रकट गर्दै मौन धारण गर्यो।

No comments: