Pages

Sunday, January 4, 2009

सिक्किम डिस्टिलेरिजको भविष्य अनिश्चित


गान्तोक,4 जनवरी। राज्यको सबै भन्दा पुरानो औद्यौगिक इकाई सिक्किम डिस्टेलेरिज लिमिटेड कारखानाको भविष्य अनिश्चितताको घेरोमा पर्न थालेको छ। विभिन्न विवादहरूको बीचमा घेरिएको पुरानो औद्योगिक केन्द्रमा कार्यरत मजुदुरहरूलाई नै यसको अऩिश्चितता सितै भविष्य़को अन्धकारले पनि घेरिरहेको छ। अहिले हरेक मजदुरहरूको मुक दर्शक भएर हेरिरहेका छन् भने उनीहरूको अनुहारमा केवल डिस्टेलेरिजको भविष्यसित जोडीको आफ्नो भविष्य के हुने त्यही प्रश्न झुण्डीएको छ।यसरी नै कारखानामा सेयर किन्ने अशं धारकहरूको पनि निद्रा उडेको छ। राज्य सरकारको राजस्व उत्पादनको प्रमुख एकाईको रूपमा चिन्हित यस मदिरा कारखानाका दुइजान मालिक वीच चलेको विवादमा पूर्वजिल्ली अदालतले महाप्रबन्धक पदमा रहेका कुवर ओमकारसिंहलाई बर्खास्त गरि नयाँ प्रबन्धकबारे फैसलमा नभएसम्मको निम्ति राज्य आबकारी विभागका आयुक्त महेन्द्र प्रधानलाई अस्थाई रूपमा प्रमुख कार्यकारी अधिकारीको पदमा राखेर कारखाना चलाउने आदेश जारी गरेका थियो। अर्को तिर बर्खास्त भएका महाप्रबन्धकले अदालतको आदेश पाएकै भोलिपल्ट कार्यालयको साँचो समेत जिम्मा नलगाई गत वर्ष 16 अक्टोबरको दिन सुँइकुच्चा ठोके। त्यसपछि अस्थिर अवस्थामा राज्यको सतर्कता विभागले कुवर सिहंलाई पक्राउ गर्ने प्रयास गर्यो तर सफलता हात नलागे पछि दिल्लीस्थित उनको आवासमा समेत चेष्टा गर्दा पनि कुनै पत्तो लगेन। यसरी नै अनिश्चितता बीच सतर्कता विभागले गत 11 दिसम्बरको दिन कारखानाको लेखा अधिकारी शम्मी कपुरलाई पनि सोधखोजको निम्ति पक्राउ गरेको भनिए तापनि आजसम्म उनको जमानत हुन सकेको छैन्। उनीमाथि कारखानाको 20 लाख धाँधली गरेको आरोप छ। यसरी नै महाप्रबन्धक कुवर सिंह भाग्न सफल भए पनि उनले कति पैसा धाँधली गरेको छ त्यसबारे मजदुर र सेयर होल्डरहरूलाई अझसम्म कुनै जानकारी नभएकोले चिन्ता बड्दै गइरहेको छ भने ऐतिहासीक औद्योगिक केन्द्रको स्थायीत्वमा पनि प्रश्न चिन्ह खडा भएको छ। अपुष्ट जानकारी अनुसार कुवर सिंहले कारखानाको करोडौ रूपियाँ ओभर ड्राफ्ट गरेर हिनामिना गरेको छ। यद्यपी राज्य आबकारी विभागको सक्रिय कार्य गराईले मजदुर र सेयर होल्डरहरू आशान्वीत छन्। उल्लेखनीय छ य़स कारखानामा राज्य सरकारको पनि सेयर रहेको छ।

No comments: