Pages

Tuesday, January 6, 2009

साम-दाम,दण्ड-भेद लगाएर पनि गोर्खाल्याण्ड बनाउँछौः भण्डारी


गान्तोक,6 जनवरी। “सिक्किमको विधानसभामा गोर्खाल्याण्डको प्रस्ताउ पारित गराउँछु भनेर मुख्यन्त्री पवन चामलिङले दार्जीलिहको जनतालाई वचन दिएर पनि पुरा गरेन। दार्जीलिङमा भाषण गरेर दिएको उसको वचन महाकाल बाबाले पनि सुनेको छ। तर सिक्किमको मुख्यमन्त्री जस्तो डरछेरुवा नेता कही छैन।” यसप्रकारको मन्तव्य गोर्खाल्याण्डबारे सँधै हिमायती रहेका सिक्किमका पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीले व्यक्त गरेका हुन्।

उनले अझ भने सिक्किमका विपक्षी दलहरूदेखि डराएर हो कि भनेर भारतीय गोर्खा परिसंघको आयोजनामा सबै राजनैतिक दलहरूलाई बैठक बोलाएर प्रस्ताउ समेत पारित गरेर दिएको तर गरेन। आवेशमा आएर बोलेर मात्र हुँदैन, दार्जीलिङका जनताले कहिले पनि चामलिङलाई गोर्खाल्याण्डको प्रस्ताउ पारित गरिदेउ भनेर भनेको थिएन आफै भाषणमा आवेशमा आएर बोल्यो तर गर्न सकेन।

उनले आफूले अस्सिको दशकमा पनि गोर्खाल्याण्ड आन्दोलनलाई सहयोग गरेको तथा अहिले पनि सहयोग गर्ने बताए। उनले भने यदि हाम्रो पार्टीको सरकार भएको खण्डमा साम-दाम, दण्ड-भेद सबै लगाएर गोर्खाल्याण्ड बनाउने छौ। तर एसडीएफको सरकारलाई भने थाहा छैन गोर्खाल्याण्ड हुँदा सबैभन्दा धेरै फाइदा सिक्किमलाई हुनेछ।

सिक्किमको घर-घरमा रहेको बेरोजगार डाक्टर र इञ्जिनियर युवाहरूको समस्या समाधान हुनेछ। यति मात्र होइन गोर्खाहरूको बाहुल रहेको दुइवाट राज्य रहेपछि राष्ट्रियस्तरको राजनैतिक दल गठन गरेर असम, नागाल्याण्ड, उत्ताराखण्डमा पनि चुनउन लडेर संसदमा गोर्खाहरूको दबाउ बनाउन सक्छौ। उनले सिक्किममा बस्ने भोटे-लाप्चे, नेपाली र बिहारी सबै गोर्खा हुन भीसी ग़ञ्जु लामा गोर्खा पल्टनबाटै रहेको बताए।

No comments: